काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?