काठमाडौं । वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् ।
अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ ।
विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जानबाट रोक लगाएको छ । सरकारले वार्षिक ८ खर्बभन्दा बढी रिमेट्यान्सको योगदान गर्ने श्रमिकलाई बेवास्ता गरेकोमा श्रम अधिकारकर्मीले समेत आलोचना गरेका छन् ।
सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणको कारण देखाउँदै नेपाली श्रमिकलाई अनिश्चित समयका लागि अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेर वैदेशिक रोजगारीमा जान रोक लगाए पनि भारतीय श्रमिक तथा गैरश्रमिक नागरिकलाई साउदी अरब जान अनुमति दिएको छ ।
साउदी अरब सरकारले भारतमा बढदै गइरहेको कोरोना संक्रमणका कारण त्यहाँबाट श्रमिक जान रोक लगाएपछि उनीहरूका लागि नेपालबाट विदेशिने अनुमति दिइएको छ । साउदी अरबले नेपालबाट जाने श्रमिकलाई अभैmसम्म पनि प्रवेश अनुमतिमा रोक नलगाए पनि नेपाली श्रमिकलाई भने रोजगारीका लागि विदेश जान अतिरिक्त उडानको व्यवस्था गर्न सकेको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले छुट्टी पाएका, करार अवधि सकिएका श्रमिक नेपाल फर्कन नपाएको र श्रम स्वीकृति लिएका विदेश जान नपाएको बताए । उनले निषेधाज्ञा अघि नै नेपालमा बसेर रोजगारीका लागि विदेश जाने तयारीमा रहेका भारतीय श्रमिकलाई नेपालबाट उडान अनुमति दिएको बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ जेठ २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा