काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङलाई स्वास्थ्यका सामग्री उपलब्ध भएको छ ।
कोभिड१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भट्टराईको समन्वयमा काठमाडौँबाट पठाइएको सामान आज जिल्ला अस्पतालमा आइपुगेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट उपलब्ध भएका केही थान अक्सिजन कन्सिनट्रेटर, मास्क, पिपिई, पञ्जा, सर्जिकल मास्क, सेफ्टी चस्मा र सेनिटाइजर प्राप्त भएको जिल्ला अस्पतालले जनाएको छ । थप एन्टिजेन किट र गुणस्तरीय पिपिई समेत सङ्कलन भइरहेको र सङ्कलन पछि जिल्ला अस्पताललाई पठाइने भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।
दुई दिनअघि कोभिड नियन्त्रण तथा रोकथामका सन्दर्भमा नेता भट्टराईले ताप्लेजुङका सरोकारवालाहरुसँग भर्चुअल छलफल गर्नुभएको थियो । छलफलका क्रममा यहाँका स्वास्थ्यकर्मीलगायतले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएको जनाएका थिए । सोही क्रममा भट्टराईले सङ्क्रमण नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी सहयोग गर्ने प्रतिवद्धता जनाका थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ जेठ २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई