यी ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १७ : २४
यी ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौँ । ३० वटा निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । 

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिनेछ । मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस