परासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोलि लागेर एकजना युवा घाइते भएका छन। जिल्लाको प्रतापपुर गाउँपालिका ६ बन्कट्टी घोला स्थिति सिमामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन।
शसस्त्र प्रहरीले डिफेन्समा गोलि चलाउदा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बर्ने २२ बर्षिय युवक अविनाश राजभरको खुट्टामा लागेर उनि गम्भिर घाइते भएका हुन । उनको उपचारका लागि उनका आफन्तले शहिद स्मृती सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ ।
बनकट्टीको उक्त घोलाको अबैध नाकाबाटो आज बिहान ९ बजेतिर २ जना युवक भारततर्फ सरसामान लिन जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोकेका थिए।
ती युवाहरु जान नपाएपछि शसस्त्र प्रहरीहरु सङ भनाभन गर्दै कठहवा गाउँबाट ५०/६० जनाको हुल लिएर आयेर ड्युटीमा खटिएका शसस्त्र प्रहरी र उनीहरुको अस्थायी पोस्टमाथी आक्रमण गर्दा शसस्त्र प्रहरीका जवानहरुले डिफेन्समा ६ राउन्ड गोलि हवाई फायर गरेका हुन जसमध्ये एक गोली घाइते राजभरको खुट्टामा लागेको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन।
गोलि चल्नु अघि स्थानिय र शसस्त्र प्रहरीबीच केही समय झडप पनि भएको थियो।
यता शसस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले स्थानीय ५०/६० जना आएर ड्युटीमा खटिएका शसस्त्र प्रहरी र पोस्ट माथी ढुंगामुढा गरेकाले शसस्त्र प्रहरी भिडलाइ तितर बितर पार्न केही राउन्ड हवाइ फायर गरेको र घटना थप अनुसन्धान भैरहेको जानकारी दिए। स्थानीयको झडपमा एकजना सशस्त्र प्रहरी पनि घाइते भएको बताइएको छ।
यो घटनाको प्रारम्भिक जानकारी रहेको र घट्नाको वास्तविक कारण र थप बिवरण अझै आउन बाकी नै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर