दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । “घटनाबारे अनुसन्धान गरिरहेका छौं–थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भने।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ जेठ २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ