भारतको उत्तराखण्डमा तिव्र गतिले बालबालिकामा फैलियो कोरोना संक्रमण, डेढ महिनामा १६ हजार बालबालिका संक्रमित

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०८ : ४१
भारतको उत्तराखण्डमा तिव्र गतिले बालबालिकामा फैलियो कोरोना संक्रमण, डेढ महिनामा १६ हजार बालबालिका संक्रमित

एजेन्सी । कोरोनाको हटस्पट बनेको भारत स्थित उत्तराखण्ड प्रदेशमा बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। त्यहाँ डेढ महिनामा १६ हजार जना बालबालिकामा संक्रमण फेला परेको छ। यस्तै, १९ वर्षसम्मका किशोरहरुमा पनि संक्रमण उच्च रहेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।

भारतीय स्टेट कन्ट्रोल रूम कोभिड(१९ को वेबसाइटका अनुसार उक्त संख्यामा संक्रमण हुनेमध्ये ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १० देखि १९ वर्ष उमेर समूहका १३ हजार ३९३ जना रहेका छन्।  

गत वर्ष मार्चमा राज्यमा कोरोना संक्रमणको पहिलो घटना फेला परेको थियो। लगभग एक वर्षमा ९३१ मार्चसम्म० राज्यमा १० हजार ७४० जना बच्चा तथा किशोर किशोरीहरूमा संक्रमण फेला परेको थियो।

यस्तै, अहिले यो महिना अर्थात् अप्रिल २०२१ मा को जम्मा १८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।   सो राज्यमा हाल पनि बालबालिका र किशोर किशोरीहरूमा संक्रमण हुने क्रम तीव्र छ।

प्रतिक्रिया दिनुहोस