नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १९ : ५३
नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । 

देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

मन्त्रालयले यस्तो खतरनाक संक्रमण रोक्न सबै सचेत बन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस