एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १५ : ४८
एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँचरपाँच गरी १० सदस्यीय कार्यदल बनाएर उनीहरुलाई समाधानको उपाय खोज्न जिम्मेवारी दिइएको थियो । 

कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस