माधव नेपाल र बादलको भेटवार्ता, उपचुनावमा सघाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १४ : २४
माधव नेपाल र बादलको भेटवार्ता, उपचुनावमा सघाउन आग्रह

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । बैशाख ६ गते बिहीबार हुने बागमति प्रदेश राष्ट्यि सभाको उप निर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् । 

एमालेको एकता बलियो बन्दै गइरहेको अवस्थामा बादलले नेपालसँग उपचुनावमा आफूलाई सघाउन आग्रह गरेका छन् । बादलका प्रेस कोअर्डिनेटर किरण भट्टराईले  नेता नेपाल र थापाबीच अहिले भेटवार्ता भइरहेको जानकारी दिए । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । खिमलाल एमालेका माधव नेपालनिकट हुन् । 

थापाको चुनाव चिन्ह सुर्य रहेको छ भने देवकोटाको कमल रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वास साथ विपक्षीले देबकोटालाई उम्मेदवार बनाएको हो । पछिल्लो समय एमाले मिलनविन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् । यद्यपी एमालेले बादलको पक्षमा मतदान गर्न  ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस