काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् ।कांग्रेसको कोभिड १९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।
महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सभापति देउवाले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । ‘यो सरकार गम्भीर छैन । सबै जनतालाई खोप लगाउनुपर्छ । सबैले खोप नपाउँदासम्म ओली सरकारलाई खबरदारी गर्नुपर्छ’, देउवाले भने ।
खोप खरिद गर्न र बिरामीको उपचार गर्नसक्ने सरकारले नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै देउवाले जनताको ज्यानभन्दा सरकार जोगाउने काममा बढी सक्रिय भएको आरोप लगाए । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई प्रतिपक्षको सहयोग भएपनि सरकार आफैं उदासीन भएको देउवाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी