काठमाडौं । जनता समाजवादी पार्टीका दुई अध्यक्ष बिच विवाद बढेपछि विभाजन उन्मुख भएको जसपाको दुवै अध्यक्ष बिचको छलफलसँगै विवाद मत्थर हुने भएको छ ।
केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि पार्टी फुटको संघारबाट जोगिएको हो । जसपाका एक नेताका अनुसार आज दुबै जना अध्यक्षको संयुक्त हस्ताक्षरमा पार्टी एकढिक्का रहेको सन्देश दिने जारी हुने पे्रस विज्ञप्ती जारी गरिने भएको छ ।
नेताहरुले छुट्टा छुट्टै प्रेस वक्तव्य जारी गर्दा पार्टी विभाजन तर्फ गएको, गुटउपगुट बनेको जस्तो बाहिर सन्देश गएका कारण तत्काल दुबै अध्यक्षको संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गर्ने समझदारी बनेको श्रोतको भनाई छ । एक अर्कालाई गुट उपगुट तथा आरोप प्रत्यारोपमा नलाग्न दुबै पक्षले आफू निकटका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने सहमतिसँगै सहमति हुन नसकेका विषयहरूमा बिस्तारै सहमति कायम गर्दै अगाडि बढ्ने कुरामा दुबै नेता सहमत भएका हुन् ।
दुवै अध्यक्ष बिच पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलमा चयन भएको, वैकल्पिक सरकार, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने कुरामा भने कुनै सहमति नभएको श्रोतको भनाई छ । सहमति कायम गर्न बहुमतको आधारमा जाने वा सर्वसम्मतिको आधारमा जाने भन्ने विषयमा समेत सहमति नभए पनि वार्ता सकारात्मक तरिकाले अगाडि बढेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा