चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

रासस

सोमबार, ०३ जेठ २०७८, ११ : ३०
चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

सांकेतिक तस्वीर

काठमाडौं । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ ।

चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको  अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई  सिलिण्डर सहयोग गरिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई  लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण– ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाल लगायतको सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी  ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताए । 

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १० शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस