भरतपुर अस्पताललाई एक्सपर्टले दियोे अक्सिजनसहितको सिलिण्डर

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १९ : ५९
भरतपुर अस्पताललाई एक्सपर्टले दियोे अक्सिजनसहितको सिलिण्डर

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो ।

एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सो अक्सिजन भरतपुर  अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे । 

अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि अस्पताललाई सहयोग गरिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।  उनले भने, ‘अहिले अक्सिजन नपाएर अस्पतालमा बिरामी भर्न हुन कठिनाई भइरहेको समाचारहरु आउँदा निकै दुःख लागेको छ’ प्रवन्ध निर्देशक अधिकारीले भने ‘यस्तो बेला हामीले सकेको अक्सिजन सहयोग गरेका हौँ ।’

अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए ।  सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलिया लगायत वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सर्टले शैक्षिक क्षेत्रसंगै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस