अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज ओमन जाँदै

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ०९ : २०
अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज ओमन जाँदै

काठमाडौँ । ६०० वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज ओमन जाने भएको छ । गैर आवाशीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन  विमान ओमनको मस्कट जान लागेको हो । 

यस्तै अर्को विमान चीनको बेइजिङबाट पनि ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन पनि जाने भएको छ । 

प्रतिक्रिया दिनुहोस