माधव नेपाल समूहका शीर्ष नेताबीच बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १२ : २२
माधव नेपाल समूहका शीर्ष नेताबीच बैठक जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहका शीर्ष नेताहरुबीच बैठक जारी छ । नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराउन बैठक बोलाएका हुन् ।

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको हो । बैठकमा नेता नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।

२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ ।

नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्यले  जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस