प्रधानमन्त्रीका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, २१ : ३४
प्रधानमन्त्रीका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको जनाएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार ९ बजेपछि एक विज्ञप्ति जारी गर्दै बहुमतको सरकार बनाउन कसैको दाबी नपरेको औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस