राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १२ : ४९
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौँ। राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरेको आरोप छ ।

उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस