अक्सिजनका लागि गुहार

रासस

विहीबार, ३० बैशाख २०७८, २१ : २८
अक्सिजनका लागि गुहार

फाइल फोटो

काठमाडौं । कोभिड—१९को संक्रमणको संख्या बढ्दै गएसँगै ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन नदिन विभिन्न संघस्थालाई गुहार्न थालेको छ । 

दिन प्रतिदिन कोभिड—१९को संक्रमण वृद्धि हुर्दै गए पछि अक्सिजन अभाव हुन सक्ने भएकाले विभन्न संघस्थालाई गुर्हानुपरेको जिल्ला अस्पतालका निमित प्रमुख डक्डर सोनिम लामाले बताए । दैनिक रुपमा कोभिड—१९ को संक्रमित थपिदै गएकाले अक्सिजन अभाव हुन सक्ने लामाले बताए ।  

जिल्ला अस्पतालसंग २० वटा सिलिण्डर  अक्सिजन भएकोमा  ९ मात्र स्टोरमा सहेको जिल्ला आस्पतालकाका  सूचाना अधिकारी विजय राईले बताए । १५ वटा सिलिण्डर खाली भइसकेको जिल्ला अस्पतालका मेडिकल उपकर प्रविधिक सरोज चौधरीले बताए । 

गत हप्तामा ताप्लेजुङको मित्लुङमा निर्माणधिन सानीमा हाइड्रोवरले ६ वटा सिलिन्डर अक्सिजन जिल्ला अस्पतालाई उपलब्ध गरएको थियो ।  आज मनिष इन्जिनियरिङका  संञ्चालक फुङलिङ नगरपालिका वार्ड नं ७ निवासी यामबहादुर गुरुङले ४ वटा अक्सिजन ग्याससहितको सिलिण्डर  जिल्ला अस्पताललाई उपलब्ध गएरको जिल्ला अस्पतालले जनाएको छ । 

दिन प्रतिदिन कोभड—१९ को संक्रमण थपिदै जाने क्रममा छ । अक्सिजनको अभाव भइरहको स्पतालका निमित प्रमुख डा लामाले बताए । 

प्रतिक्रिया दिनुहोस