काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पार्टीका महाधिवेशन प्रतिनिधि उहाँको काठमाडौंँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका–. ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उल्लेख गर्दै कांग्रेसले उहाँको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा