माधव नेपालले भने– राजीनामा केही दिन टर्यो, वार्ता एमाले विवाद समाधानतर्फ अघि बढ्यो

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १८ : २९
माधव नेपालले भने– राजीनामा केही दिन टर्यो, वार्ता एमाले विवाद समाधानतर्फ अघि बढ्यो

काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीको वार्ता सकिएको छ । वार्तापछि माधवकुमार नेपालले केही दिनलाई राजीनामा टरेको बताए । उनले विवाद समाधानतर्फ गइरहेको जानकारी दिए ।  

उनले अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेका थिए । फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने विषयमा ओली लचक देखिएका कारण तत्काल राजीनामा टरेको एमाले माधव नेपाल पक्षका एक नेताले बताए ।  उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस