काठमाडौं । विपक्षी दलहरुलाई दुई वा दुईभन्दा बढी दलहरुको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको अन्तिम दिन आज समयसिमा सकिन केही घंटा बाँकी रहदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी समित बैठक बोलाएका छन् ।
ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार बैठक अहिले जारी छ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका हुन् ।
विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठक डाकेका हुन्। राष्ट्रपति भण्डारीले विपक्षी दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन दिएको समयसिमा आज साँझ ९ बजेसम्म सकिदैंछ । यही समसामयिक विषयमा केन्द्रित रहेर बैठक डाकिएको एक नेताले बताए ।
यता विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार गठनका लागि आज अन्तिम छलफल गर्ने तयारीमा जुटेका छन् । आज साँझ ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपति समक्ष पेस गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच छ भन्ने गगनको अभिव्यक्तिमा ओलीले फर्काए जवाफ
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
प्रधानमन्त्री ओली लुम्बिनीमा
भूकम्प स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तव्य (पूर्णपाठ)