बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, ०९ : २९
बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया र दाङका ९ जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ की ४३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख १५ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।

बर्दिया राजापुर नगरपालिका वडा नम्बर ६ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख १८ गते पीसीआर गरिएकी उनलाई २९ गते भर्ना गरिएको थियो । यस्तै बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ८ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की ३५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएकी उनलाई २९ गते भर्ना गरिएको थियो ।

यसैगरि डुडुवा गाउँपालिका वडा नम्बर ३ की ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएकी उनको २९ गते पीसीआर गरिएको थियो । नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो । योसँगै बाँकेबाट मृत्यु हुनेको संख्या २ सय १३ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ६३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस