युभेन्टसका लागि रोनाल्डोले गर्यो सयौं गोल

एजेन्सी

विहीबार, ३० बैशाख २०७८, ०८ : १९
युभेन्टसका लागि रोनाल्डोले गर्यो सयौं गोल

मिलान । युभेन्टसले इटालीको ‘सिरी ए’ मा ससुलोलाई ३–१ ले हराएर च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कायम राखेको छ । 

युभेन्टसका लागि रोनाल्डोसँगै एडरिन राबोट र पउलो ड्याबेलाले पनि गोल गरे । यो जितपछि युभेन्टस ३६ खेलबाट ७२ अंकमा पाँचौं स्थानमा रह्यो । 

बुधबारका अन्य खेलमा भने अंक तालिकाको शीर्ष तीनमा रहेका सबै टिम विजयी रहे । यसमध्ये लिग उपाधि जितिसकेको इन्टर मिलानले एएस रोमालाई ३–१, एटलान्टाले बेनेभन्टोलाई २–० र एसी मिलानले टुरिनोलाई ७–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस