मुसेभेनीले युगान्डाको राष्ट्रपतिमा छैठौं कार्यकालको सपथ ग्रहण

एजेन्सी

बुधबार, २९ बैशाख २०७८, २० : ४९
मुसेभेनीले युगान्डाको राष्ट्रपतिमा छैठौं कार्यकालको सपथ ग्रहण

काठमाडौँ । युगान्डाका वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीले छैटौं कार्यकालको लागि बुधबार शपथ लिएका छन् । उनि आगामी पाँच बर्षका लागि युगाण्डाको राष्ट्रपति बनेका हुन् ।

चिगामोय ओउनी–डोलोले राजधानी कम्पालाको कोलोलो स्वतन्त्रता मैदानमा पूर्वी अफ्रिकी देशको राष्ट्रपतिको रूपमा मुसेभेनीलाई शपथ खुवाइएको  हो । उक्त समारोहमा आएका उहाँका सत्तारुढ नेशनल रेसिस्टेन्स मुभमेन्ट पार्टीका सयौं समर्थकहरूबीच इश्वरका नाममा सपथ लिए ।

“म संविधानको संरक्षण, संरक्षण र रक्षा गर्नेछु र युगान्डाको कानूनको पालन गर्ने छु र युगान्डाका जनताको हितलाई प्रोत्साहन गर्नेछु,” उहाँले सपथ ग्रहणपछि उपस्थित समूहलाई सम्बोधन गर्ने क्रममा भने ।

उद्घाटन समारोहमा ११ अफ्रिकी राष्ट्र प्रमुखहरू, अफ्रिकी संघका वर्तमान अध्यक्ष रहेका डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोका फेलिक्स त्सेसेकेदीका साथै युगाण्डाका दर्जनौँ उच्च पदस्थ सरकारी प्रतिनिधिहरू, विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो । 

सपथ ग्रहण समारोहमा कम्तिमा चार हजार पाहुनाहरुलाई समारोहमा उपस्थित हुन आमन्त्रित गरिएको थियो । मुसेभेनीले जनवरी १४ मा सम्पन्न निर्वाचनमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस