एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण हालसम्मकै धेरै मानिसले ज्यान गुमाएका छन् । मंगलबार एकैदिन चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि, मंगलबारको तथ्यांकानुसार एकैदिन ४ हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार १९७ पुगेको छ । त्यसमध्ये करिब ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।
मृतकको संख्या बढिरहँदा दैनिक संक्रमितको संख्या भने ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ बैशाख २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा