एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण हालसम्मकै धेरै मानिसले ज्यान गुमाएका छन् । मंगलबार एकैदिन चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि, मंगलबारको तथ्यांकानुसार एकैदिन ४ हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार १९७ पुगेको छ । त्यसमध्ये करिब ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।
मृतकको संख्या बढिरहँदा दैनिक संक्रमितको संख्या भने ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ बैशाख २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु