आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, ०८ : ४९
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने  जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको भइरहेको हो ।

अहिले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ ।बुधबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस