टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

पत्रपत्रिकाबाट

बुधबार, २९ बैशाख २०७८, ०८ : ०९
टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ।

मंगलबार आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५ सय हाइडिपेन्डेन्सी युनिट थप गर्ने, काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र निजी अस्पतालको ७५ प्रतिशत बेड कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय भएको बताए।

अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उनले जानकारी दिए। स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित भइसकेको उनले बताए।  

सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलको भन्दा नयाँ कडा कदमले मात्र कोरोना नियन्त्रण गर्न सम्भव भएको बताए। पूर्ण लकडाउन र स्वास्थ्य संकटकाल रोज्नुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस