‘देउता जस्तै पुज्ने खालकी छौ’ सार्वजनिक (भिडियो सहित)

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १६ : ३७
‘देउता जस्तै पुज्ने खालकी छौ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोकदोहोरी गायक तथा सर्जक माधव सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौ’ सार्वजनिक भएको छ । तनहुँको भिमाद नगरपालिका किहुँ मा जन्मेका गायक सिग्देल विगत ९ वर्ष अगाडीबाट  जापानको शहर फुकुओका मा बस्दै आएका छन्  ।

विदेशमै बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम ‘देउता जस्तै पुज्ने खाल्की छौ’ मा थेगो आँफैले लेखेका हुन् । शब्द पुरुषोत्तम सिग्देल ,लय सुर्य खड्काको रहेको छ ।

आवाजमा गायक सिग्देल र सुनिता बुढा क्षेत्रीको रहेको छ  । भिडियो तर्फ भने निर्देशन प्रकाश भट्ट ले गरेका छन् । अभिनय ओवी रायमाझी र गीता ढुंगानाको रहेको छ सम्पादन विष्णु शर्माले गरेको उक्त भिडियो निर्माण शाहि भिजन प्रालिले गरेको छ उक्त गीतलाई गायक माधब सिग्देलको युटुब बाट सार्वजनिक गरिएको छ । (भिडियो)

 

 

 

 

 
 

 

 

 

प्रतिक्रिया दिनुहोस