चितवन प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १५ : १९
चितवन प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले  विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ । हालसम्म ४०० को हाराहारीमा अक्सिजन सिलिन्डर प्रहरीले बरामद गरेको जनाएको छ । 

चितवन जिल्ला भित्रबाट र जिल्ला बाहिरबाट सिलिण्डर संकलन गरिरहेको चितवन प्रहरी कार्यालयका सूचना अधिकारी सरोज गिरीले जानकारी दिए ।  खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले सिलिण्डर संकलन गरिरहेका छन् । यसअघि उद्योग संघ चितवनले पनि विभिन्न उद्योगबाट अक्सिजन सिलिन्डर संकलन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस