काठमाडौँ । अक्सिमिटर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोलीले बजार अनुगमन गर्दा मेडिकल सामग्री कालोबजारी गर्ने सातजनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामद गरिएको छ। पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीक लागि अपराध महाशाखाको जिम्मा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री