अक्सिजनको अभावमा भारतको एक सरकारी अस्पतालमा ११ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी

मंगलबार, २८ बैशाख २०७८, ११ : ०७
अक्सिजनको अभावमा भारतको एक सरकारी अस्पतालमा ११ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी । कोरोनाको हटस्पट बनेको भारत स्थित आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजनको अभावका हँदा ११ जना  संक्रमित भएकाहरुको मृत्यु भएको छ। तिरुपतिको रुइया अस्पतालको आइसियूमा उपचार भइरहेका कोभिड–१९ का बिरामीको अक्सिजन अभावमा ज्यान गएको हो।

अस्पतालका सुपरिटेन्डेन्ट डा. भारतीका अनुसार अक्सिजन आपूर्तिको प्रेशर कम हुँदा भेन्टिलेटरमा रहेका ११ बिरामीको मृत्यु भएको हो । यो घटना सोमबार राति साढे ८ बजे भएको चित्तूरका जिल्ला अधिकारी एम हरि नारायणले बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अक्सिजन सिलिण्डर लोड हुन पाँच मिनेट ढिलाइ भएका कारण बिरामीको मृत्यु भएको उनले बताए। अस्तालमा अक्सिजनको अभाव भने नरहेको दाबी उनले गरेका छन्। उनले भने, ‘अक्सिजनको प्रेशर पाँच मिनेट मात्रै कम भएको हो। अक्सिजनको अर्को ट्यांकर आइसकेको थियो, तर सो अक्सिजन बिरामीसम्म लैजाँदा लैजाँदै ११ जनाको ज्यान गयो।’

घटना भएका बेला अस्पतालको आइसियू तथा अक्सिजन बेडमा झण्डै ७०० कोभिड बिरामीको उपचार भइरहेको थियो। पाँच मिनेट भित्रै अक्सिजनको आपूर्ति गरेका कारण अरुको ज्यान जोगाउन सकिएको अस्पतालको भनाई छ।

प्रतिक्रिया दिनुहोस