काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण मंगलबार बिहान देशका सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनि प्रदेशका भूभागहरुमा सामान्य बदली रहेको छ । यस्तै बाँकि भूभागहरुमा आंशिक बदली रहेको छ।
महाशाखाले मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ । यस्तै देशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षा हुनेछ । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना