काठमाडौं । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ ।
भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडाँैंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ बैशाख २०७८, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
दमकमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते
काँकरभिट्टा गइरहेको रात्रिबस झापामा पल्टियो