नयाँ सरकारको गठन बारे राष्ट्रपतिले थालिन् कानुनविद्सँग परामर्श

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, २१ : ०३
नयाँ सरकारको गठन बारे राष्ट्रपतिले थालिन् कानुनविद्सँग परामर्श

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनको आह्वान गर्नुअघि परामर्शमा जुटेकी छिन् ।

Yeti Diistillery Tansen Cement box

सोमबार केपी ओली सरकारले विश्वासको मत गुमाएलगत्तै काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको एउटा समूहले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसँग आह्वान गरेका थिए भने एमालेले चाहिँ विपक्षीको बहुमत पुग्न नसक्ने जिकिर गर्दै ठूलो दलको हैसियतले फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने जिकिर गरेको छ । 

शीतलनिवास स्रोतका अनुसार अब संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ अनुसार अगाडि बढ्ने भन्नेमा राष्ट्रपतिले परामर्श गरिरहेकी हुन् । 

प्रतिक्रिया दिनुहोस