कैलालीमा थप ८ जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १७ : ०५
कैलालीमा थप ८ जना संक्रमितको मृत्यु

कैलाली । कैलालीमा आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भिमदत्त नगरपालिका ५ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु  भएको छ ।

यस्तै  धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ कि ४२ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यस्तै टीकापुर अस्पतालमा टिकापुर नगरपालिका १ का ५१ वर्षीय महिला र टिकापुर ७ कि ६३ वर्षीय महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका १ का ६७ वर्षीय महिलाको अस्पतालबाट घरमा पुराएपछि ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस