बाँकेमा थप एक हप्ता लम्बियो निषेधाज्ञा

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १६ : ३५
बाँकेमा थप एक हप्ता लम्बियो निषेधाज्ञा

बुटवल । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जानकारी गराएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस