गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १६ : ३२
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका १२ जनाको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार पोखरा लगायत प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका –१३ का ८७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा यही २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी स्याङजा फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । उनमा बैशाख २३ गते संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस