प्रचण्डको ओलीलाई प्रश्न  ः चितवनको भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाइयो ? प्रचण्डको गृहजिल्ला भनेर हो ?

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १५ : ४७
प्रचण्डको ओलीलाई प्रश्न  ः चितवनको भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाइयो ? प्रचण्डको गृहजिल्ला भनेर हो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ सहरभित्र परेको चितवनको भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाइइयो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले भने, ‘मेरो गृहजिल्ला भनेर  चितवनको भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीबाट हटाएर पूर्वाग्रही तपाइँ किन बन्नुभयो ? प्रचण्डले सो कुरा भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा गम्भीर भएर सुनिरहेका थिए । 

तीन वर्ष अघि नै भरतपुर महानगरपालिकालाई सरकारले स्मार्ट सिटीको सुचीमा राखेको थियो । स्मार्ट सिटीको सुचीमा परेदेखि नै भरतपुर महानगरले स्मार्ट सिटीको गुरुयोजना बनायो । महानगरले दक्ष प्राविधिकहरु राखेर स्मार्ट सिटीको नक्सा तयार पारेको थियो। तीन वर्षदेखि नै भरतपुर महानगर स्मार्ट सिटी बनाउन आन्तरिक स्रोत साधन परिचालन गरिरहेको छ । 

तर एकाएक सरकारले नै भरतपुर महानगरलाई स्मार्ट सिटीको सुचीबाट हटाएपछि अध्यक्ष प्रचण्डले सोही कुरा आज सदनमा उठाएका छन् । तीन वर्षदेखि नै सरकारले देशका १३ वटा स्थानलाई स्मार्ट शहरका रूपमा विकास गर्ने घोषणा गरेको थियो, तर अचानक सरकारले भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाएको भनी अध्यक्ष प्रचण्डले सदनमा प्रश्न गरे ।  बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनीलाई पहिलो चरणमै स्मार्ट सिटीमा लैजानै निर्णय गरेको थियो । 

यसैगरी धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चितवनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने सरकारको घोषणा थियो ।  गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले भरतपुरलाई स्मार्ट सिटीको सुचीबाटै हटाएको छ । 

भरतपुरलाई स्मार्ट सिटीको सुचीबाट हटाएपछि चितवनमा सवत्र्र रुपमा सरकारको विरोध भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस