कपिलवस्तुमा अक्सिजनको चरम अभाव, एउटै सिलिन्डरबाट तीन जनाको उपचार

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १५ : ०५
कपिलवस्तुमा अक्सिजनको चरम अभाव, एउटै सिलिन्डरबाट तीन जनाको उपचार

सांकेतिक तस्वीर

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा  अक्सिजन अभाव भएपछि एकै सिलिन्डरबाट सामूहिक उपचार थालिएको छ । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।

कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या ९बेड० को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै बिरामी राखेर उपचार थालिएको छ।

स्थानीय सरकारले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान शुरू गरिएको छ ।

कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट ६४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस