अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १३ : ०४
अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंँ ।अभिनेत्री बर्षा राउत कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’

घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् । बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् । 
 

प्रतिक्रिया दिनुहोस