विप्लवको पार्टीले भरतपुर अस्पतालमा बिरामी सहायता कक्ष स्थापना गर्यो

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १६ : ५७
विप्लवको पार्टीले भरतपुर अस्पतालमा बिरामी सहायता कक्ष स्थापना गर्यो

चितवन । ठुला राजनितिक दलका नेताहरु कोरोनाको कहरलाई बेवास्ता गरी सत्ताको लुछाचुँडीमा लागीरहेका बेला बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनताको सेवामा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले भरतपुर अस्पताल परिसरमा बिरामी सहायता कक्ष स्थापना गरेका छन् । 

कोरोना तथा अन्य बिरामीको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका अध्यक्ष होमनाथ पौडेलले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला ईन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि सहायता डेस्कको उद्घाटन गरेका थिए ।

कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसका असर र बच्ने तरिकाबारे जानकारी गराउने उद्देश्यले जिल्ला पार्टी र  अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनको संयोजनमा सहायता कक्ष स्थापना गरिएको जिल्ला इन्चार्ज पौडेलको भनाई छ । पार्टीले अव नागरीकको घरघरमा अभियान लिएर जाने पौडेलले बताए ।

उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, जिल्ला नेता दुर्गा प्रसाद सुबेदी ,अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस