नारायणगढ । नारायणगढ रोटरी क्लबले आज नारायणी नदी किनारमा आयोजना गरिएको एक कार्यक्रम बीच वे ग्रुपको सरसफाई अभियान अन्तर्गत १००औं श्रृङ्खला पार गरेको उपलक्ष्यमा २० जोर गम बुट क्लबका अध्यक्ष नारायण प्रधानले वे ग्रुपका अभियन्ता शिव घिमिरे र नविन खरेललाई हस्तान्तरण गर्नुभयो ।
पुर्व अध्यक्ष राजेन्द्र ओलीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वे ग्रुपले नारायणी नदी किनार लगायत नारायणगढ बजारक्षेत्र सहित विभिन्न ठाउँहरूमा सरसफाई अभियान सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा सो कार्यबाट प्रभावित भई सामाजिक सेवामा थप टेवा पुगोस् भन्ने अभिप्रायले नारायणगढ रोटरी क्लबले गमबुट हस्तान्तरण गरेको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस