काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एक्लै चलेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा वरिष्ठ नेता नेपालले भने, ‘२ जेठ २०७५ अगाडि फर्के कुरा मिल्छ, हाम्रो बटमलाइन नै यहाी हो ।’ नेपालले ओलीकै कारण एमाले विभाजनको मुखमा आइपुगेको बताए । राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन् । नेता नेपालले ओली अध्यक्ष भएका कारण पार्टीलाई एकताबद्ध बनाउने पहल उहाँले नै लिनुपर्ने बताएका थिए ।
नेपालले भने, ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? सबैलाई मिलाएकै थिएँ । अहिले ओली एकलौटी तरिकाले अघि बढेका छन् ।’ नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने अडान राष्ट्रपति भण्डारीसमक्ष राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार