काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एक्लै चलेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा वरिष्ठ नेता नेपालले भने, ‘२ जेठ २०७५ अगाडि फर्के कुरा मिल्छ, हाम्रो बटमलाइन नै यहाी हो ।’ नेपालले ओलीकै कारण एमाले विभाजनको मुखमा आइपुगेको बताए । राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन् । नेता नेपालले ओली अध्यक्ष भएका कारण पार्टीलाई एकताबद्ध बनाउने पहल उहाँले नै लिनुपर्ने बताएका थिए ।
नेपालले भने, ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? सबैलाई मिलाएकै थिएँ । अहिले ओली एकलौटी तरिकाले अघि बढेका छन् ।’ नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने अडान राष्ट्रपति भण्डारीसमक्ष राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड