काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिले सम्म कोहीसँग केही सम्झौता नभएको बताएका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा उनले उल्लेख गरेका छन्–‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको त्यसमा अडिग रहन सबैलाई आव्हान गर्छौ, बाहिर आएजस्तो अहिलेसंग सहमती, सम्झौता नभएकोले भ्रममा नपर्न समेत अपिल गरेका छन् ।
बिहीवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि सहमति भएको चर्चा चलेपछि नेता नेपालले प्रस्टोक्ति दिएका हुन् । उनले फेसबूकमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं । किनकि यो हामीले निर्माण गरेको पार्टी हो ।
यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार