सर्लाहीमा हुलाक कार्यालय भवन निर्माण

रासस

विहीबार, २३ बैशाख २०७८, १४ : ४९
सर्लाहीमा हुलाक कार्यालय भवन निर्माण

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु ३७ लाख ४४ हजार खर्चमा २०७७ साल असोजबाट निर्माण शुरु भएको भवन गत माघमा निर्माण सम्पन्न भएको सो कार्यालयका प्रशासन प्रमुख शेखर खड्काले बताए ।

विगत ६ वर्ष भाडाको घरबाट सेवा दिएपनि अहिले आफ्नै भवनबाट काम थालिएको कार्यालय प्रमुख केशवकुमार पोख्रेलले जानकारी दिए। कार्यालयमा १५ जनाको दरबन्दी रहेपनि आफ्नै भवन नहुँदा ६ जना कर्माचारीमा सीमित हुनुपरेका थियो ।

प्रतिक्रिया दिनुहोस