खरानीटार अस्पतालमा २० शय्याको ओइशोलेसन कक्ष तयार

रासस

विहीबार, २३ बैशाख २०७८, १४ : २४
खरानीटार अस्पतालमा २० शय्याको ओइशोलेसन कक्ष  तयार

file photo

नुवाकोट । कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ । पालिकामा समुदायसम्म कोरोनाको सङ्क्रमण देखिएसगैँ रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शययाको आइशोलेसन कक्ष तयार गरेर सङ्क्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिएका छन् ।

उनका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइशोलेसन शय्या तयार गरिएको हो ।

“कोरोना सङ्क्रमणको दरमा देखिएको बृद्धिसगैँ खरानीटार अस्पतालमा स्वाव सङ्कलन गरेर परीक्षणको लागी पठाउने ब्यवस्था मिलाइएको छ”, अध्यक्ष पाण्डेले भने, “रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीयतहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको स्वाथ्यकर्मी समेत केन्द्रमा राखिएको छ ।”

यही बुधबार गरिएको २२ जनाको पिसिआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसगैँ सक्रिय सङ्क्रमितको सङ्ख्या यहाँ २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस