गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १४ : ४८
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

file-photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए ।

मंगलबार उनी गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस