काठमाडौंमा मात्र थपिए २ हजार ७ सय ७९ संक्रमित, कुन जिल्लामा कति ?

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : ३५
काठमाडौंमा मात्र थपिए २ हजार ७ सय ७९ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५ सय १३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको छ । 

Yeti Diistillery Tansen Cement box

देशभर संक्रमितको अवस्था 

यस्तै ५ सय बढी संक्रमित हुने जिल्लाको संख्या २० पुगेको छ । बितेको २४ घण्टामा देशभर भने थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार देशभर  ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।