महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

रासस

मंगलबार, २१ बैशाख २०७८, १७ : १८
महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो  । 

Yeti Diistillery Tansen Cement box

अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका  बिरामीको ज्यान जोगाउन सघाउ पु¥याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

सअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो । 

प्रतिक्रिया दिनुहोस